राजनीति


अन्य सरकारी बिजनेसलाई होल्ड गरेर भए पनि शिक्षा विधेयक पारित गर्नुपर्छ : महेश बर्तौला

अन्य सरकारी बिजनेसलाई होल्ड गरेर भए पनि शिक्षा विधेयक पारित गर्नुपर्छ : महेश बर्तौला

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८२ बुधबार १५:४, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसद्को अधिवेशनमा शिक्षकका माग पूरा हुनेगरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन्।

बुधबार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग भएको छलफलबारे पत्रकारहरुलाई जानकारी दिँदै उनले वैशाख १२ गतेदेखि सुरु हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गरे।

‘सार्वजनिक शिक्षाप्रतिको उहाँहरुको जवाफदेहिता के छ? उहाँहरु स्वयंले जान्नुहोस्,’ बर्तौलाले भने, ‘त्यसप्रति जवाफदेहितामा उभिनुपर्छ होला भन्ने ठान्नुहोस् तर सरकारले उहाँहरुको न्यायोचित मागहरु पूरा गर्छ भन्नेकुरामा, समयमै विधेयक आउने कुरामा संसद्ले काम गरिरहेको छ।’

उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसद्‍मा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्न सक्ने बताए।

‘एकदिन पनि समितिबाट आएको प्रतिवेदन होल्ड नगरी  अन्य सरकारी बिजनेसलाई होल्ड गरेर भएपनि यो विधेयक पारित गर्छौं,’ बर्तौलाले भने, ‘उहाँहरुका कयौँ राम्रा कुराका विषयहरुलाई सम्बोधन गरेर हामीले यो ऐनलाई अगाडि बढाउँछौँ। हामीले ग्यारेन्टी दिने गरी काम गरेका छौँ। अहिले संसद्ले बनाएको समिति समितिले बनाएको उपसमिति त्यसले प्राप्त गरेको समयसीमालाई ख्याल गरेर उहाँहरुले अहोरात्र काम गरिरहनु भएको छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad