काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मिश्रित परिणाम आएको छ।
अध्यक्षमा नेकपा एमालेनिकट अनेरास्ववियुका समीर रिजाल विजयी भएका छन्।
कुल मतदाता २ हजार ९२२ रहेको क्याम्पसमा आज भएको मतदानमा १ हजार ६५३ मत खसेको थियो। रिजालले ८७१ मत पाएर जित हात पारेका हुन्। उनले नेविसंघका मोहम्मद माजिद प्रवेजलाई ११४ मतको अन्तरले पराजित गरे।
अनेरास्ववियु र क्रान्तिकारीले गठबन्धन गरी संयुक्त प्यानल बनाएका थिए। सचिवमा गठबन्धन उम्मेदवार पराजित गरी नेविसंघका मनमोहन भट्टले जित हात पारेका छन्। उनले ८२९ मत पाएर क्रान्तिकारीका ओमप्रकाश सुनारलाई १७ मतको अन्तरले पराजित गरे।
यस्तै कोषाध्यक्षमा पनि नेविसंघकै विधिशा मिश्र विजयी भएकी छन्।
विधिशा हालै नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रकी छोरी हुन्।


Shares

प्रतिक्रिया