न्याय परिषद्ले केही न्यायाधीशविरुद्धका उजुरीको फाइल खोलेको छ।
आइतबार साँझ बसेको बैठकमा उजुरीबारे छलफल भएको र आज पनि निरन्तर चल्ने न्याय परिषद्का एक सदस्यले जानकारी दिए।
प्रधान्यायाधीश प्रकाशमानसिंह राउत अध्यक्ष रहेको न्याय परिषद्मा र कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद भण्डारी र दामोदर खड्का सदस्य छन्।
आजको बैठकमा रिक्त न्यायाधीशहरूको पदपूर्तिको विषयमा पनि छलफल हुने बताइएको छ। सर्वोच्चदेखि उच्च र जिल्ला अदालत गरेर ३२ न्यायाधीश पद रिक्त छन्।
प्रधान्यायाधीश राउत वैशाख ११ गते टर्की जाँदै छन्। त्यसअघि उनले केही महत्त्वपूर्ण निर्णय गरेर विदेश भ्रमण जाने मनसुवा व्यक्त गरेका छन्।
123
Shares

प्रतिक्रिया