विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा संवैधानिक इजलासको आजको सुनुवाइ सकिएको छ।
सर्वोच्च अदालतमा संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो। उक्त नियुक्ति विवादको सुनुवाइ छैटौँ दिन पनि हेर्दाहेर्दैमा राखिएको हो।
आज सुनुवाइ नसकिएपछि मंगलबार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ। चार वर्षअघिको यस विवादमा सर्वोच्चको संवैधानिक इजलासमा गत माघ ३० बाट सुनुवाइ थालिएको हो।
आज महान्यायाधिवक्ता रमेश बडाल, नायब महान्यायाधिवक्ताद्वय सञ्जीवराज रेग्मी र गोपालप्रसाद रिजाल, सहन्यायाधिवक्ता सूर्यराज दाहालले बहस गरेका थिए।
अब सरकारी वकिलको तर्फबाट चारजनाले बाँकी बहस गर्न बाँकी रहेको सर्वोच्च प्रशासनले जनाएको छ। यस मुद्दामा भोलि मंगलबार पनि निरन्तर सुनुवाइ हुनेछ।
आजको बहसमा बहसकर्ताले लामो बोलेपछि इजलासले छोट्याउन र नदोहोर्याउन निर्देशन दिएको थियो।
Shares

प्रतिक्रिया