राजनीति


पक्राउ पर्नबाट जोगिएर बानेश्वर पुगेका सांसद सिंहले भने– सिंहदरबारबाटै निषेधित क्षेत्र तोडेर देखायौँ

पक्राउ पर्नबाट जोगिएर बानेश्वर पुगेका सांसद सिंहले भने– सिंहदरबारबाटै निषेधित क्षेत्र तोडेर देखायौँ

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित सिंहदरबारभित्र प्रदर्शनमा सहभागी सांसद दीपक सिंह।


नेपालखबर
बैशाख ७, २०८२ आइतबार १५:१५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले आफूहरुले सिंहदरबारमै निषेधित क्षेत्र तोडेर देखाएको बताएका छन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित सिंहदरबारभित्रै प्रदर्शन गरेका उनी पक्राउ पर्नबाट जोगिएर बानेश्वर पुगेका थिए। 

बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनबाट सिंहले भने, ‘हामीले अस्तिनै भनिसकेका थियौं, निषेधित क्षेत्र तोड्छौं। हामीले त प्रधानमन्त्री बस्ने कार्यालय, गृहमन्त्री बस्ने कार्यालय, सिंहदरबारबाट तोडिकन देखाइदिएका छौं।’

पार्टी काम भन्दै राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले सिंहरदरबार भित्रै प्रदर्शन गरेका थिए।

त्यहाँ पुगेर उनीहरूले पर्चासहित प्रदर्शन थालेका थिए। अनि प्रहरीले निषेधित क्षेत्र रहेको जानकारी गराएको थियो। तर, त्यसलाई नसुनेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad