राजनीति


प्रहरी नियन्त्रणमा पुगेपछि लिङ्देनले भने– अचम्म मानेका छैनौं

प्रहरी नियन्त्रणमा पुगेपछि लिङ्देनले भने– अचम्म मानेका छैनौं

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १४:२९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिएका छन्।

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीसहित राप्रपाका ३ नेतालाई सिंहदरबाट गेटबाट नियन्त्रणमा लिएको थियो। 

पक्राउपरेपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै लिङ्देनले निरंकुश सरकारले यस्तै गर्ने भन्दै आफूले अच्चम नमानेको बताए।

उनले भने, ‘निरंकुश सरकारले गर्ने यही काम हो। यसमा हामीले अचम्म मान्नुपर्ने कुरै छैन। हामीले यसलाई अच्चमा मानेका छैनौं। हामी सबै थुनिन तयार छौं।'

पार्टी काम भन्दै राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले सिंहदरबारमै प्रदर्शन गरेका थिए।

उनीहरूले पर्चासहित प्रदर्शन थालेका थिए। अनि प्रहरीले निषेधित क्षेत्र रहेको जानकारी गराएको थियो। तर, त्यसलाई नसुनेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad