राजनीति


राप्रपा अध्यक्ष लिङ्देनसहितका ३ नेता सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

राप्रपा अध्यक्ष लिङ्देनसहितका ३ नेता सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १४:१७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ३ नेतालाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको छ।

बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट लिङ्देनसहितका नेताहरुले प्रदर्शन थालेका थिए। 

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका राप्रपा नेताहरु। तस्बिरः सरोज नेपाल/नेपालखबर डटकम

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको नेपालखबरलाई जानकारी दिए।

पार्टी काम भन्दै राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले सिंहदरबारमै प्रदर्शन गरेका थिए।

उनीहरूले पर्चासहित प्रदर्शन थालेका थिए। अनि प्रहरीले निषेधित क्षेत्र रहेको जानकारी गराएको थियो। तर, त्यसलाई नसुनेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद डा. धवलशम्शेर राणाको रिहाई, तीनकुने घटनाको न्यायिक छानविन गर्न माग बोकेको पर्चा देखाउँदै प्रदर्शन गरेका  थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad