राजनीति


गणतन्त्रलाई सुदृढ गर्ने विषयमा हामीबीच मतभेद छैन: प्रचण्ड

गणतन्त्रलाई सुदृढ गर्ने विषयमा हामीबीच मतभेद छैन: प्रचण्ड

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १२:४३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले तीन दलका शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाका बाँकी कामको विषयमा छलफल भएको बताएका छन्। 

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन दलका शीर्ष नेताहरूसँगको छलफलका क्रममा शान्ति प्रक्रियाकाका बाँकी कामका विषयमा छलफल भएको  बताएका हुन्।

‘हिजोको बैठकमा प्रधानमन्त्रीज्यूले गणतन्त्रका विषयमा कुरा उठाउनुभयो,’ उनले भने,  ‘गणतन्त्र सुदृढीकरण गर्ने विषयमा कसैको पनि दुईमत छैन, हाम्रो पहिलादेखि नै यसमा सहमति छ।’ 

गणतन्त्र खतरामा छ भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको पनि उनले बताए।  प्रचण्डले जनमतको दृष्टिकोणले पनि गणतन्त्र खतरामा छ भन्ने पुष्टि नहुँने स्पष्ट पारे।

कांग्रेसको नेतृत्वमा सरकार बने नेकपा माओवादी केन्द्रले सघाउने उनले बताए। ‘तर अहिले कै अवस्थामा सरकारमा जाने वा सघाउने भन्ने विषय हुनै सक्दैन,’ प्रचण्डले भने। 

अहिले कांग्रेस–एमालेभित्रबाट पनि सरकारका विषयमा नकारात्मक कुराहरु आइरहेको दाबी गर्दै प्रचडले यो सरकार लामो समय जान नसक्ने बताए। नेकपा माओवादी केन्द्र विराटनगर कमिटीको आजदेखि विराटनगरमा सुरु हुन लागेको सम्मेलनमा सहभागी हुन प्रचण्ड विराटनगर आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad