राजनीति


सरकारको आलोचना गरेका गगन-विश्वलाई पार्टी बैठकमा सोधियो प्रश्न

सरकारको आलोचना गरेका गगन-विश्वलाई पार्टी बैठकमा सोधियो प्रश्न

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १४:२०, काठमाडौँ

पछिल्लो समय सरकार र प्रधानमन्त्रीमाथि आलोचना र प्रश्न तेर्साइरहेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आज भने पार्टी बैठकमा नेताहरूको घेराउमा परे।  

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहीबार बसेको पदाधिकारी, पूर्वदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा प्रवक्ता प्रकाशरण महतलगायतले महामन्त्रीद्वयको अभिव्यक्तिप्रति प्रश्न उठाएका थिए। 

महतले बैठकमा महामन्त्रीद्वयलाई सरकारको आलोचना संयन्त्रको बैठकमा नगरी किन बाहिर गरेको भन्दै सोधेका थिए। महतले असन्तुष्ट भएका विषयलाई सम्बन्धित संरचनामै राखेर/बोलेर समाधान खोज्नुपर्ने बताए। 

बैठकमा भनेको कुरा भन्दै महतले थपे, 'हामीले सरकारको आलोचना गर्ने कुरा बाहिर राख्नेभन्दा पनि सम्बन्धित संरचनामा कुरा राख्नुपर्‍यो, त्यहाँबाट आएका विषयमात्र बाहिर राख्नुपर्‍यो।'

नेताहरूको आलोचनापछि महामन्त्रीद्वयले आगामी दिनमा सुधार गर्नेबारे महसुस गरेको दाबी गरे। 'हामीले भनेको कुरालाई उहाँहरूले महसुस गर्नुभएको छ' महतले दाबी गरे।  

बैठकबाट बाहिरिएपछि महतले तालमेल र समन्वय कांग्रेससँगै प्रधानमन्त्रीकै दलमा पनि आवश्यक भएको बताए। 

'तालमेल र समन्वय त प्रधानमन्त्रीकै दलमा पनि गर्न आवश्यक छ। नियुक्तिमा पनि सन्तुलन आवश्यक छ। पार्टीगत एफिलियसन भन्दा डेलिभरी दिन सक्ने व्यक्तिहरू नियुक्तिबाट आउनुपर्छ भन्ने विषयमा पार्टीमा एक मत छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad