राजनीति


कार्यदललगत्तै उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा

कार्यदललगत्तै उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा

नेपालखबर
बैशाख ३, २०८२ बुधबार २०:१९, काठमाडौँ

सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै दलको कार्यदलस्तरको बैठक सकिएपछि संयन्त्रको बैठक सुरू भएको हो।

संयन्त्रको बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भइसकेका छन्।

बैठकमा एमालेका तर्फबाट ओलीका अलावा उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन्।

कांग्रेसका तर्फबाट देउवाका अलावा गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन्।

यसअघि मंगलबार बिहान बालुवाटारमै देउवा र ओलीबीच छलफल भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad