राजनीति


रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १३:१२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। कार्यवाहक सभापति डीपी अर्यालले पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाएका हुन्।  

बैठक बिहीबार दिउँसो २ बजे बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।   

बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र  समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने झाको भनाइ छ। 

त्यस्तै महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेग रिपोर्टिङ हुने झाले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad