प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केही समय स्थगन गरेको पूर्व–पश्चिम हुलाकी लोकमार्गकेन्द्रित ‘जनतासँग माओवादीः तराई मधेस जागरण अभियान’ फेरि सुरु गरेको छ।
नयाँ वर्ष २०८२ सालको पहिलो दिन वैशाख १ गतेदेखि नवलपुरको गैैेँडाकोटबाट अभियान पुनः सुभारम्भ भएको माओवादी केन्द्रले जनाएको छ।

अभियानका लागि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टिम गैंडाकोट पुगेको हो।
प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरमै रहने छन्।
माओवादीले फागुन १२ गते झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो। राजावादीहरूको प्रदर्शनका कारण चितवन पुगेर स्थगित भएको अभियान बाँकेमा गएर सुरु भएको थियो। फेरि केही दिन रोकिएको थियो।
अभियान अन्तर्गत अब नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला बाँकी रहेका छन्।
Shares

प्रतिक्रिया