पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हिजोआज हराउन थालेको बताएका छन्।
सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित ‘विश्व नेपाली साहित्य महोत्सव’ को समापन समारोहमा उनले हामी सबैमा आआफ्नो भाषा बोल चाल गर्ने बानी घटी सकेको बताउँदै यसलाई छोड्न नहुने धारणा व्यक्त गरे।
सभापति देउवाले भने, 'अलिकति बैतडीका दाजुभाइले आफ्नो भाषा बोल्ने गरेको भए पनि अन्य जिल्लाकाले भने बोल्नै छाडेका छन्। भाषा बोलचालबाटै हराउँछ भने त्यो भाषा कति दिन टिक्न सक्छ।'
उनले नेपाली भाषाको उत्थान सुदूरपश्चिमबाट भएको हो भनेर धेरै विद्वानहरूले मानेको उल्लेख गरे। सभापति देउवाले भाषा, संस्कृतिको संरक्षणका लागि सबै एक जुट भएर लाग्नु जरुरी रहेको बताए।
75
Shares

प्रतिक्रिया