राजनीति


सरकार परिवर्तन हुने प्रचण्डको अभिव्यक्तिबारे एमालेले भन्यो– असम्भव, निरर्थक र अलोकप्रिय

सरकार परिवर्तन हुने प्रचण्डको अभिव्यक्तिबारे एमालेले भन्यो– असम्भव, निरर्थक र अलोकप्रिय

नेपालखबर
बैशाख १, २०८२ सोमबार १५:२०, काठमाडौँ

सत्तारुढ नेकपा एमालेले अलिहेको सरकार परिवर्तन हुने कुनै पनि सम्भावना नरहेको बताएको छ।

सोमबार बसेको सचिवायल बैठकमा यसबारे छलफल भएको जनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो राजनीतिक घटनाक्रम हुने  सम्भावना नरहेको स्पष्ट पारे।

‘यो नितान्त अर्सान्दभिक कुरा हो, अहिले मुलुकका सामु जेजस्ता समस्या छन्,त्यहाँ कहीँ पनि सरकार परिवर्तनको चर्चा हुने पनि कुरा न नेपाली जनताले त्यसलाई मन पराउँछन्,’ उनले भने, ‘न त्यो कुनै समाधान हो। न त्यस्तो कुनै सम्भावना छ।’

ज्ञवालीले थपे, ‘असम्भव, निरर्थक र अलोकप्रिय विषय उठाउनुपर्ने कुनै कारण छैन। त्यस्ता कुनै राजनीतिक घटनाक्रमको कुनै पनि सम्भावना देख्दिनँ।’

पछिल्लो समय प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तन हुने परिस्थिति बन्दै गइरहेको दाबी गरेका छन्। उनले आइतबार मात्रै अब यो सरकार धेरै अगाडिसम्म नजाने प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad