राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन चुनौती रहेको बताएका छन्।
बुधबार काठमाडौंमा राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रममा उनले राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन र बिना कारण पक्राउ गरेर थुन्ने काम गरिरहेको बताएका हुन्।
इतिहासमा रामले अनेकौँ उपाय अपनाउदा पनि रावणल अत्याचार गर्न नछोडेपछि अन्तिममा हिंस्रक भएर अच्याचारको अन्त्य गरेको भन्दै पार्टीले सुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल हुने उनको दाबी छ।
‘अब संघर्ष गर्ने समय आएको छ। रावणलाई प्रवृत्तिलाई कसरी हटाइएको थियो ? रावण प्रवृत्ति हटाउन रामचन्द्रले हरेक उपाय गर्नुभयो। अन्तिममा गएर संघर्ष गर्नुप¥यो । संघर्षले मात्रै रावण हटेर गयो, रावण प्रवृत्तिको अन्त्य भयो,' उनले भने, 'नेपालमा आजको अवस्थामा जुन तरिकाले रज्यले दमन गर्न खोजेको छ, जुन तरिकाले सत्य तथ्य बोल्ने व्यक्तिलाई थुन्न खोजेको छ,उनीहरुलाई हत्या गर्न खोजेको छ, त्यसको विरुद्धमा संघर्षसिवाय अर्को उपाय छैन । संघर्ष शान्तिपूर्ण र हिंस्रक पनि हुन्छ । राप्रपाले भनेको छ हामी शान्तिपूर्ण संघर्षमा जान्छौँ।'
उनले शान्तिपूर्ण संघर्षलाई कमजोरी नसम्झिन पनि चेतावनी दिए।
'शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झ। अत्याचार दूराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन। हामी अगाडि बढ्छौँ। नेपालीहरुलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको छ,’ उनले भने, 'नेपालीलाई एकतावद्ध बनाउने संस्था भएकाले परम्परालाई जोगाउँदै संवैधानिक राजसंस्था पुन:स्थापना गर्नुपर्नेछ।'
Shares

प्रतिक्रिया