राजनीति


सोविता गौतम अन्तर्राष्ट्रिय स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित

सोविता गौतम अन्तर्राष्ट्रिय स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित

नेपालखबर
चैत २७, २०८१ बुधबार १५:१३, काठमाडौँ

सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (इन्टर पार्लियामेन्ट्री युनियन आईपीयू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समिति मा निर्वाचित भएकी छन्।

आईपीयू महासभाको २१४औँ अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो। 

नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आईपीयू शासकीय परिषद्ले १५ सदस्यलाई चार वर्षे कार्यकालका लागि निर्वाचित गरेको छ, जसको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ।

स्वास्थ्यसम्बन्धी समिति मा निर्वाचित सदस्यहरू:

१) एस. आर. अल मन्सूरी – संघीय राष्ट्रिय परिषद् सदस्य, संयुक्त अरब इमिरेट्स
२) सी. मुएका मुम्मा – सिनेट सदस्य, केन्या
३) एस. जैसवाल – लोकसभा सदस्य, भारत
४) एस. एभिला – डेप्युटी सभागृह सदस्य, मेक्सिको
५) जे. टिलन – प्रतिनिधिसभा सदस्य, नेदरल्याण्ड
६) सी. लोहर – राष्ट्रिय परिषद् सदस्य, स्विट्जरल्याण्ड
७) एफ. इलिमी – जन प्रतिनिधि सभासदस्य, अल्जेरिया
८) एल. क्लिफर्ड-ली – सिनेट सदस्य, आयरल्याण्ड
९) भि. रियोटोन – राष्ट्रिय सभासदस्य, फ्रान्स
१०) ई. टाङ्गी मुतेका – राष्ट्रिय परिषद् सदस्य, नामिबिया
११) सोविता गौतम – प्रतिनिधिसभा सदस्य, नेपाल
१२) ओ. अतानियाजोवा – सिनेट सदस्य, उज्बेकिस्तान
१३) एस. त्शाबाङ्गु – सिनेट सदस्य, जिम्बाब्वे

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad