राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'ले धन्यवाद दिएका छन्। मंगलबार काठमाडौँको बल्खुमा आयोजित राप्रपाको बृहत् खबरदारी सभापछि सरसफाइ गरेको भन्दै बालेनले राप्रपालाई धन्यवाद दिएका हुन्।
'कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,' उनले भने, 'राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।'
यसअघि २५ फागुनमा महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तिराएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलबाट स्वागत गर्ने कार्यक्रममा फोहोर गरेको भन्दै महानगरले जरिवाना तोकेको थियो र राप्रपाले तिरेको थियो। त्यसअघि पनि राप्रपालाई महानगरले एक लाख रुपैयाँ नै जरिवाना तिराएको थियो।


Shares

प्रतिक्रिया