राजनीति


ओलीलाई लिङ्देनको चेतावनी: नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिन्छौँ

ओलीलाई लिङ्देनको चेतावनी: नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिन्छौँ

नेपालखबर
चैत २६, २०८१ मंगलबार १५:५५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुध्रिनका लागि चेतावनी दिएको छ। पार्टीले काठमाडौँको बल्खुमा आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका हुन्। 

'भृकुटीमण्डमा आमसभा गर्न दिँदाखेरी ढल्ने तिम्रो गणतन्त्र, कस्तो गणतन्त्र? र कति कमजोर गणतन्त्र यो संसारले देखोस् भनेर त्यहाँ हामीले कुनै लफडा नगरेको हो,' उनले भने, 'हामीले आह्वान गरेर चारतिरबाट जुलुस निकाल्यौँ भने कसलाई छेक्छौ? कसलाई गोली हान्छौ? मैले फेरि पनि भन्छु- नसुध्रिने हो भने, हामी विद्रोहमा जान्छौँ, हामी पनि गोली चलाउँछौँ त भन्दिनँ, तर, बालुवाटारलाई घेरेर भात पानी बन्द गर्दिन सक्छौँ। 

उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए। सरकार आत्तिएर आफूहरूलाई भृकुटीमण्डमा कार्यक्रम गर्न नदिएको उनको भनाइ छ।

लिङ्देनले राप्रपालाई  कमजोर नठान्न पनि चेतावनी दिए। उनले भ्रष्टहरूलाई जेल हाल्छु भनेर घोषणापत्रमै लेखेर भोट मागेर आएको पार्टी राप्रपा भएको उनको भनाइ छ। 

'राप्रपा बल्खु जा भन्यो, आयो, कमजोर नठान्नु, राप्रपालाई अर्काे सिफल जाऊ भनौला, अर्काे चोटी कलङकी जाऊ भनौला, यो नठान्नू, राप्रपा भाग्यो पछि हट्यो। यो नठान्नू, शान्ति, अहिंसाप्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नू- केपी ओली, रमेश लेखक,' उनले भने 'आज देश दुनियाँले तिम्रो गणतन्त्र देखिरहेछ, त्यही देखाउन आज हामी यहाँ (बल्खु) आएको। राप्रपा जो, राजनीतिक पार्टी हो,  जसले मौका पर्‍यो भने, राजा ल्याउँछु, हिन्दू राष्ट्र ल्याउँछु, संघीयता खारेज गर्छु। देशमा तिमीजस्ता भ्रष्टहरूलाई मौका पर्‍यो भने, जेल हाल्छु भनेर आफ्नो घोषणापत्रमा उल्लेख गरेर भोट मागेर देशको पाँचौँ पार्टी भएको पार्टी हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad