राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख दीपक थापामाथि गम्भीर आरोप लगाएका छन्। मंगलबार काठमाडौँको बल्खुमा आयोजित बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रहरी प्रमुख आईजीपी थापालाई एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भन्दै आरोप लगाएका हुन्।
चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई लिएर प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै उनले यस्तो आरोप लगाए।
'प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछन्। हामीले भेटेका खोकाहरू डेट सकिएका रहेछन्। त्यो दुर्गा प्रसाईंहरूले ल्याएर हानेको हो?,' उनले भने, 'एमालेको प्रतिनिधि प्रहरी प्रमुख भन्छ- हामीले हानेको अश्रुग्यास कसरी डेट एक्सपायर हुन्छ? प्रहरी प्रहरी भएर बस्नुपर्छ दलका भ्रातृ संगठन भएर बस्नु हुँदैन। प्रहरी प्रहरी भएर बसोस् फेरि पनि भन्छु।'
Shares

प्रतिक्रिया