राजनीति


देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल

देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल

नेपालखबर
चैत २६, २०८१ मंगलबार ११:५७, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। 

मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाको कार्यक्रममा बोल्दै उनले पछिल्लो दिनमा देशको समग्र विकासमा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको बताएका हुन्। 

देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन आह्वान गरे।

‘पछिल्लो दिनमा हाम्रो देशको समग्र विकासमा श्रोतको व्यवस्थापन एउटा चुनौतीपूर्ण विषय बन्दै गएको छ। त्यस हिसावले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन देश, दुनियाँका सबै लगानीकर्ताहरूलाई अनुरोध गरिरहेका छौँ,' उनले भने, 'आकर्षित गर्ने प्रयास गरिरहेका छौँ। त्यसै सिलसिलामा यहाँहरूलाई थाहा छ, पछिल्लो दिनमा सरकारले केही महत्वपूर्ण अध्यादेशहरू लिएर आयो। ति अध्यादेशहरू अहिले अध्यादेशको तहमा मात्रै होइन, कानुनको तहमा रुपान्तरित भएका छन्। कानूनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका मापदण्ड लगायतका डकुमेन्‍टहरू पनि तयार भइसकेका छन्। मन्त्रीपरिषद्ले ति चिजहरूलाई छिटै पारित गर्नेछ।' 

 उपप्रधानमन्त्री पौडेलले सरकार देशमा लगानीमैत्री वातावरण बनाउन अग्रसर रहेको र नेपालमा लगानीको प्रशस्त सम्भावनाहरू रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad