नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन्।
गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालका राजवादीको आन्दोलनमा फोटो प्रयोग गरिएका आदित्यनाथ योगीले समेत आफू म राजा ल्याउने पक्षमा नभएको बताएको दाबी गरेका छन्।
‘उबेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो, चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलापमा छैन भारत भन्ने पुष्टि भयो,’ देउवाले भने, ‘त्यसपछि त हामीले ठूलो आन्दोलन गरेर गणतन्त्र समेत ल्यायौं। अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ। यहाँ आदित्यनाथको फोटो समेत छापियो। तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दुतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन। नेपाली जनताले जे चाह्यो त्यही हुन्छ। म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले भन्नुभएको छ। त्यस कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित छ, प्रजातन्त्रसित छ।’
नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै देउवाले राजनीतिक दलहरुले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको जिकिर गरे।
Shares

प्रतिक्रिया