राजनीति


शिक्षकका जायज माग पूरा गर्न जसपाको आग्रह

शिक्षकका जायज माग पूरा गर्न जसपाको आग्रह

नेपालखबर
चैत २५, २०८१ सोमबार १७:२७, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालले आन्दोलनरत शिक्षकसँग वार्ता गरी जायज माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ।

अध्यक्ष उपेन्द्र यादवले सोमबार विज्ञप्ति प्रकाशित गरी ‘शिक्षा क्षेत्रमा देखा परेका विकृति, विसंगति, अस्तव्यस्तता र अन्यौलताको अवस्थालाई अन्त्य’ गर्न माग गरेका छन्।

नेपाल सरकारको अदूरदर्शी, त्रुटिपूर्ण, शिक्षा नीति, ऐन, कानून र व्यवस्थापन सम्बन्धी कार्यले गर्दा शिक्षा क्षेत्र अत्यन्तै अन्यौल, दिशाहीन र गुणस्तरहीनतर्फ उन्मुख रहेको जसपाको भनाई छ।

‘बाध्य भएर केही दिनदेखि शिक्षकहरू आफ्ना मागहरू लिएर काठमाडौँको सडकमा आन्दोलनरत रहेका छन्। सरकारले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी उनीहरूका न्यायोचित माँगहरूलाई सम्बोधन गर्नु पर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै सरकारले शिक्षा सम्बन्धि नीति, योजना, ऐन कानून र कार्यक्रमहरूको समिक्षा गरी यसमा व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रमा देखा परेका विकृति, विसंगति, अराजकता र अन्यौलताको स्थितिलाई अन्त्य गरी समान गुणस्तरीय शिक्षा सबैलाई प्रत्याभूत गराउने व्यवस्था गरिनु पर्दछ।’

नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० देखि राजधानी केन्द्रित आन्दोलन थालेका देशभरका शिक्षकहरूले आजदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल सुरु गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad