खेल


गोलरक्षक अञ्जना आर्मी छोडेर एपीएफ क्लबमा आबद्ध

गोलरक्षक अञ्जना आर्मी छोडेर एपीएफ क्लबमा आबद्ध

नेपालखबर
चैत २५, २०८१ सोमबार १७:३६, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अञ्जना राना मगर विभागीय टोली एपीएफ फुटबल क्लबमा आबद्ध भएकी छिन्।

करारमा ९ वर्ष त्रिभुवन आर्मी फुटबल क्लबमा बिताएकी अञ्जनालाई अब एपीएफको जर्सीमा देख्न पाइनेछ।

आर्मीमा व्यवसायिक लिग खेल्दै आएकी अञ्जनालाई एपीएफले सोमबार क्लबमा स्वागत गरेको हो। अञ्जनालाई एपीएफ क्लबका अध्यक्ष एसएसपी विकास घिमिरेले स्वातग गरेका थिए।

नेपालको उमेर समूहको कप्तानी सम्हालिसकेकी अञ्जानले रौतहटबाट फुटबल यात्रा सुरु गरेकी थिईन्।

एपीएफकी पहिलो रोजाइकी गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा व्यवसायिक लिगमा ग्रिसको क्लबमा आवद्ध भएपछि टोलीको गोलपोष्ट सावित्री किसान र झरना डुम्राकोटीले सम्हालेका थिए।

अञ्जनाको आगमनले टोली थप बलियो हुने क्वबको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad