ad ad

राजनीति


लकडाउनको अवधि चैत २५ सम्म

लकडाउनको अवधि चैत २५ सम्म

नेपालखबर
चैत १६, २०७६ आइतबार १५:४७,

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको लकडाउन अवधि थप गरी चैत २५ गते मध्यरातसम्म लम्ब्याएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो अवधिसम्म अन्तर्राष्ट्रिय उडान तथा आवागमन बन्द गर्ने निर्णय गरेको हो।

तर, सो अवधिमा अत्यावश्यक सामग्री ओसार्ने मालवाहक सवारीसाधनको आवागमनमा रोक नलगाउने सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताए।

शुरुमा एक हप्ता देशव्यापी लकडाउन लागु गरेकोमा आइतबारको मन्त्रिपरिषद् बैठकबाट एक हप्ता थप गरी चैत २५ सम्म लम्ब्याएको हो।

pm in maskआइतबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री।

नेपालले एक हप्ता लकडाउन घोषणा गरेको भोलिपल्ट भारतले एकैचोटि तीनहप्ते लकडाउन लागु गरेको छ।

त्यसअघि आइतबार नै बसेको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलको नेतृत्वको उच्चस्तरीय समितिले पनि एक हप्ता अवधि थप्न सिफारिश गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .