राजनीति


ज्ञानेन्द्र शाहका सचिवले भनेको कुराले माधव नेपालको ‘मन शान्त’

ज्ञानेन्द्र शाहका सचिवले भनेको कुराले माधव नेपालको ‘मन शान्त’

फाइल तस्बिर: ज्ञानेन्द्र शाह र माधव नेपाल


नेपालखबर
चैत २४, २०८१ आइतबार २०:१२, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहका एकजना सचिवले राजसंस्था फर्काउने इच्छा नरहेको बताएको दाबी गरेका छन्।

शाहका ती सचिवले राजा बनेर फर्किने चाहना ज्ञानेन्द्र स्वयंको नरहेको जानकारी आफूलाई दिएको कुरा अध्यक्ष नेपालले सुनाएका हुन्। 

आइतबार पार्टी केन्द्रीय कार्यालय (आलोकनगर) मा आयोजित पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भने, ‘एउटा राम्रो कुरा मैले सुनेँ। राम्रो कुरा के हो भने त्यो पूर्वराजाको सचिव एकजनाले बोलेको कुरा सही हो भने अहिले राजा फर्काउने कुरा छैन, पूर्वराजाको इच्छा पनि होइन। बाहिरको हल्ला मात्रै हो भने पनि अलिकति मन शान्त भएको छ। अरूले पनि फाइदा उठाउन खोजेका रहेछन्। यदि त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु।’

उनले पूर्वराजा शाहलाई राजनीति गर्नु छ भने पार्टी खोल्न सुझाव पनि दिएका छन्। 

उनले भने, ‘राजनीतिक मैदानमा आउनुस्। जनताको बीचमा जानुस्। चुनावमा जितेर बहुमत ल्याउनुस्। देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad