ग्लोबल


चीनमा पूर्वउपप्रधानमन्त्री लिउ हेका छोरा पनि छानबिनमा तानिए

चीनमा पूर्वउपप्रधानमन्त्री लिउ हेका छोरा पनि छानबिनमा तानिए

लिउ हे २०२३ सम्म आर्थिक मामिला हेर्ने उपप्रधानमन्त्री थिए


नेपालखबर
चैत २४, २०८१ आइतबार २०:२८,

चीनका पूर्वउपप्रधानमन्त्री लिउ हेका छोरा छानबिनमा तानिएका छन्। २०२३ सम्म उपप्रधानमन्त्री रहेका लिउ राष्ट्रपति सी चिनफिङ निकटस्थ मानिन्थे। उनले आर्थिक मामिला हेर्ने गर्दथे। 

लिउले डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा दुई देशबीच भएको व्यापार सम्झौतामा चिनियाँ टोलीको नेतृत्व पनि गरेका थिए।

उनका छोरा लिउ तियानरान वित्तीय भ्रष्टाचारको आशंकामा छानबिनमा तानिएको फाइनान्सियल टाइम्सले जनाएको छ। २०१६ मा स्काइकस क्यापिटल नामक लगानी कम्पनी स्थापना गरी उनी त्यसको संस्थापक अध्यक्ष बनेका थिए।

उनीसँग निकटमध्ये कसैले उनी कुनै पनि बेला पक्राउ पर्न सक्ने बताउँदा केहीले भने उनी पक्राउ परिसकेको बताएका छन्। उनी कम्तीमा ६ महिनायता छानबिनमा रहेको बताइएको छ।

सुरुमा ज्याक माको आन्ट ग्रुपले ल्याउन लागेको आईपीओमा जोडिएपछि लिउ तियारान छानबिनमा तानिएका थिए। तर, पछि उनी यससँग असम्बन्धित भ्रष्टाचारको विषयमा छानबिनमा परेका हुन्। 

राष्ट्रपति सीले चीनका अन्य क्षेत्रमा जस्तै वित्तीय क्षेत्रमा भ्रष्टाचार अन्त्यका लागि कठोर कदम चालेका छन्। 

कतिपयले यो घटनाले पूर्वप्रधानमन्त्री लिउ हे पनि समस्यामा पर्न सक्ने अनुमान गरेका छन्।

२०२३ मा अवकाशपछि पनि उनले अमेरिकी अर्थमन्त्रीसहित विदेशी अधिकारीहरूसँग नियमित भेटघाट गर्ने गरेका थिए। तर, गएको एक वर्षमा उनको भेटघाटको क्रम स्वात्तै घटेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad