राजनीति


प्रतिक्रियावादीको ट्रयापमा परेको हो, जातीय पहिचानको कुरा छाडेका छैनौंः प्रचण्ड

प्रतिक्रियावादीको ट्रयापमा परेको हो, जातीय पहिचानको कुरा छाडेका छैनौंः प्रचण्ड

नेपालखबर
चैत २४, २०८१ आइतबार १८:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित नेवा राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्दै उनले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिए।

उनले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गरे।

‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो, हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं। भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ,’प्रचण्डले भने।

त्यस्तै अध्यक्ष प्रचण्डले वैशाख ६ गते काठमाडौंमा हुने नेवा मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad