राजनीति


तीनकुने घटनाबारे जानकारी लिन कानुन समितिले बोलायो गृहमन्त्री

तीनकुने घटनाबारे जानकारी लिन कानुन समितिले बोलायो गृहमन्त्री

नेपालखबर
चैत २१, २०८१ बिहिबार १८:५, काठमाडौँ

प्रतिनिभिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चैत १५ गते राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे जानकारी लिन एकहप्ताभित्र गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको सभापति विमला सुवेदीले बताइन्।

यस्तै, बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad