राजनीति


बोहराको पार्थिव शरीर रुपन्देही लगिँदै, अन्त्येष्टि भोलि काठमाडौँमा

बोहराको पार्थिव शरीर रुपन्देही लगिँदै, अन्त्येष्टि भोलि काठमाडौँमा

नेपालखबर
चैत १९, २०८१ मंगलबार १३:८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको पार्थिव शरीर आज हेलिकप्टरमार्फत उनको गृहजिल्ला भैरहवा लगिँदैछ। मंगलबार बिहान उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा बोहराको ७६ वर्षको उमेरमा निधन भएको थियो। 

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज भैरहवा पुर्‍याएर शव आजै फेरि काठमाडौँ फर्काइनेछ। 

'उहाँको शव आज हेलिकप्टरमा भैरहवा लगिनेछ। त्यहाँ जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम हुनेछ,' उनले भने, 'शव आजै काठमाडौँ ल्याइनेछ। भोलि पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ। भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि हुनेछ।'

अहिले उनी बोल्न नसक्ने अवस्थामा थिए। उनले चुनाव पनि बोल्नै नसक्ने अवस्थामा जितेका थिए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad