राजनीति


थाइल्यान्ड भ्रमण टोलीमा छन् प्रधानमन्त्री ओलीसहित यी २३ सदस्य

थाइल्यान्ड भ्रमण टोलीमा छन् प्रधानमन्त्री ओलीसहित यी २३ सदस्य

नेपालखबर
चैत १९, २०८१ मंगलबार १२:३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज (चैत १९ गते) थाइल्यान्डको औपचारिक भ्रमणका लागि जाँदै छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणामा प्रधानमन्त्री ओली आज दिउँसो साढे १ बजे काठमाडौँबाट बैंकक प्रस्थान गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा उनीसमेत २३ सदस्य रहनेछन्। 

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, प्रमुख सेनानी, प्रधानमन्त्रीका पार्श्ववर्ती दिवाकर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,  प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई छन्। 

यस्तै थाइल्यान्ड भ्रमण टोलीमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालय, दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाका सहसचिव तापस अधिकारी, क्षेत्रीय सहयोग संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर, दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाकी अम्बिका जोशी, क्षेत्रीय सहयोग संगठन महाशाखाका उपसचिव विवेक रिजाल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल, शिष्टाचार अधिकृत ऋचा भट्टराई, राससका वरिष्ठ संवाददाता प्रकाश सिलवाल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत प्रहरी निरीक्षक कृष्ण खड्का, नेपाल टेलिभिजनका क्यामेरामेन सुदीप बुढाथोकी, प्रधानमन्त्रीका निजी फोटोग्राफर दिनेश भण्डारी, प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंह रहनेछन्। 

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार १९ सदस्यीय भ्रमण टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:३० बजे थाई एयरलाइन्स चढी बैंकक प्रस्थान गर्नेछ। 

प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण चैत २० गते सुरु हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

द्विपक्षीय वार्तापछि थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रासँग प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्। अनि थाइल्यान्डका नरेशसँग भेट गर्नेछन्। 

चैत २१ गते बिहान प्रधानमन्त्री ओलीले त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

त्यही साँझ प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनका नेताहरूका लागि आयोनजना गरिने रात्रिभोजमा सहभागी हुनेछन्।

चैत २२ गते प्रधानमन्त्रीले बिमेस्टक शिखर सम्मेलनमा सम्बोधन गर्नेछन्। 

सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन एग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनेछन्। यसपछि सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad