कारोबार


डिशहोमले इजभिजको वाइफाइ आईपी क्यामेरा बिक्रीवितरण गर्ने

डिशहोमले इजभिजको वाइफाइ आईपी क्यामेरा बिक्रीवितरण गर्ने

नेपालखबर
चैत १९, २०८१ मंगलबार १२:१३, काठमाडौँ

इन्टरनेट सेवाप्रदायक डिसहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागी वाइफाइ आईपी क्यामेरा पनि उपलब्ध गराउने भएको छ।

यसका लागि इजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम इन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको हो। 

घर निगरानी राख्न ईजभिजले उत्पादन गर्ने वाइफाइ आईपी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्ने कम्पनीले जनाएको छ। क्यामेरा उत्पादक तथा इन्टरनेट सेवा प्रदायकको यो सहकार्यले सहरी र अर्ध–सहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागी प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै नेपालीहरूले पनि आफ्नो इन्टरनेटसँग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला इन्टरनेट सेवा र वाइफाइ आईपी क्यामेरा एकअर्काका पूरक हुने भएकाले डिशहोमले आफ्ना वाइफाइ आईपी आवश्यकता महशुस गरेका ग्राहकहरूलाई आफ्नो देशैभर रहेको डिलर दाईको नेटवर्क मार्फत वाइफाइ आइ पी क्यामेरा उपलब्ध गराउनेछ। 

डिशहोम र इजभिजको सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूको लागि झन्झटमुक्त वाइफाइ आईपी क्यामेरामार्फत आफ्नो घरको सुरक्षा सुनिश्चित गर्न सहज बनाउने र निरन्तर ग्राहकलाई सेवा प्रदान गर्नेछ।

इजभिजको उन्नत निगरानी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइत भिजन, मोसन डिटे क्सन क्षमता, र मोबाइल एपहरू मार्फत सहजै पहुँच पाउन सकिने  जस्ता सुविधाहरू उपलब्ध छन्, जसले गर्दा विश्वसनीय सुरक्षा समाधानहरू खोज्ने आधुनिक घरधनीहरूको लागि इजभिजको प्रोडक्ट उत्कृष्ट हुनेछ। डिशहोमको इन्टरनेट पूर्वाधार र इजभिजको नवीन तथा विश्वसनीय सुरक्षा सामग्रीको साथ पाएपछि ग्राहकहरूले अब घरमा सुरक्षित वातावरणको आनन्द लिन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad