राजनीति


‘जन्मसिद्ध श्रेष्ठता’ विरुद्ध एमालेको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

‘जन्मसिद्ध श्रेष्ठता’ विरुद्ध एमालेको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

सौगात दाहाल
चैत १८, २०८१ सोमबार १८:४१, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले आज (सोमबार) काठमाडौँसहित देशका विभिन्न जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरेको छ।

एमालेले प्रतिगमन तथा जन्मसिद्ध श्रेष्ठता विरुद्ध मोटरसाइकल र्‍यालीसहित जागरण सभा गरेको जनाएको छ।

काठमाडौँको कोटेश्वरमा एमालेले अपरान्ह ४ बजे बाइक र्‍यालीसहित कोणसभा गरेको छ।

र्‍यालीका सहभागीहरूले गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौँ, नेकपा एमाले जिन्दावाद, दास र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका थिए।

काठमाडौँको तीनकुने त्यही ठाउँ हो, जहाँ चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकारसहित २ युवाको ज्यान गयो भने तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँ धनमाल क्षति भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad