राजनीति


यस्तो सम्झौता भएको थियो तत्कालीन गृहमन्त्री सिटौला र पूर्वराजा शाहबीच

यस्तो सम्झौता भएको थियो तत्कालीन गृहमन्त्री सिटौला र पूर्वराजा शाहबीच

फाइल तस्बिर: ज्ञानेन्द्र शाह र कृष्ण सिटौला


नेपालखबर
चैत १८, २०८१ सोमबार १८:३६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गणतन्त्र घोषणापछि भएको सम्झौता पूर्वराजा ज्ञानेन्द्र शाहले तोडेको बताएका छन्। 

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको हिंसा पूर्वराजा शाहकै निर्देशनमा भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले यसबाट त्यतिबेलाको सम्झौता तोडिएको दाबी गरेका हुन्। 

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभा बैठकमा बताएअनुसार संविधानसभाको ऐतिहासिक निर्णयपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग विभिन्न बुँदामा सम्झौता गरिएको थियो। यसका लागि सरकारका तर्फबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संवाद/व्यवस्थापन गरेका थिए। 

प्रधानमन्त्री ओलीले संसद्‌मा भने, ‘त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार, व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो।’ 

तर अहिले आएर पूर्वराजा ज्ञानेन्द्र सम्झौताविपरीत गतिविधिमा संलग्न भएको सरकारको ठम्याइ छ। 

राजसंस्था पुन:स्थापनाका लागि भन्दै राजावादी समूहले चैत १५ गते तीनकुेनमा गरेको प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाट गर्दा कराेडौँको क्षति भएको छ।

प्रदर्शनमा हिंसाका लागि निर्देशन दिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई प्रहरीले हिरासतमा राखेर मुद्दा चलाएको छ। 

त्यस प्रदर्शनका लागि जनकमान्डर तोकिएका दुर्गा प्रसाईं भने त्यही दिनदेखि फरार छन्। प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad