राजनीति


पश्चगमन र यथास्थिति अहिलेको समाधान होइन : विप्लव

पश्चगमन र यथास्थिति अहिलेको समाधान होइन : विप्लव

नेपालखबर
चैत १८, २०८१ सोमबार १५:२६, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पश्चगमन र यथास्थिति अहिलेको समाधान नभएको बताएका छन्। पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै विप्लवले पश्चगमन र यथास्थिति नभई नेपाली विशेषताको समाजवाद वर्तमान समस्याहरूको समाधान भएको बताएका हुन्।

काठमाडौँमा सोमबारदेखि सुरु भएको बैठकमा विप्लवले बैठकको अध्यक्षता गर्दै नेपाली जनता अग्रगमनको पक्षमा रहेको बताए। नेपालमा पश्चगमनका पक्षमा केही राजावादीहरू सल्बलाएको भन्दै यसबारे विशेष निर्णय लिन पार्टी पोलिटब्युरोको अकस्मिक बैठक बसेको हो।

बैठकमा राजावादीहरूको आन्दोलनबारे छलफल गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ताको विषयमा छलफल गर्ने, ध्रुवीकरणबाट आएका नेताहरूको कार्यविभाजन गर्ने, सामनाले संचालन गर्ने सांस्कृतिक अभियानबारे छलफल हुने, देशभर आमसभा र गोष्ठी गर्ने स्थान र मिति तय गरिने र संघर्षका कार्यक्रमहरूबारे निर्णय गर्ने नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए।

बैठक भोलिसम्म चल्ने छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad