नेकपा (नेकपा माओवादी केन्द्र) की सांसद रेखा शर्माले संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्त्रको सर्भिसिङ आवश्यक रहेको बताएकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले मुलुकमा सुशासन कायम गर्न सकेमात्र लोकतन्त्र सुदृढ हुने बताएकी हुन्।
उनले सरकारमा बसेर भ्रष्ट र बिचौलियाको पक्षमा काम गर्ने कुराले लोकतन्त्र झनझन कमजोर हुँदै जाने बताइन्। उनले वर्तमान सरकार विचौचिया पोस्ने दिशामा अगाडि बढिरहेको उनको आरोप छ।
‘संविधानलाई बलियो बनाउन, व्यवस्थालाई बलियो र सुदृढ बनाउनको निम्ति लोकतन्त्रको सर्भिसिङ आवश्यक छ। त्यो भनेको के हो त भन्दा सरकारले गर्ने सुशासनका कामहरू हो,' उनले भनिन्, 'सरकारमा बसेर सरकार सञ्चालन गर्ने बेलामा भ्रष्ट र विचौलियाको पक्षमा काम नगर्ने कुराले मात्र लोकतन्त्र बलियो बनाउन सकिन्छ सभामुख महोदय। तर यस्तो हुन सकिरहेको छैन।’
उनले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै खेद व्यक्त गरिन्।
Shares

प्रतिक्रिया