राजनीति


राजेन्द्र लिङ्देनको प्रश्न: राजा हटाएर नारायणहिटीमा कसले व्यापार गर्न खोज्यो?

राजेन्द्र लिङ्देनको प्रश्न: राजा हटाएर नारायणहिटीमा कसले व्यापार गर्न खोज्यो?

नेपालखबर
चैत १८, २०८१ सोमबार १३:१९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न र लुट मच्चाउन खोजिएको आरोप लगाएका छन्।

सोमबारको संसद् बैठकलाई सम्बोधन गर्दै लिङ्देनले ठूला भनिएका दलका नेताको शब्दजाल र मिथ्या कुरा अहिलेको पुस्ताले नमान्ने बताए। 

'सबै कुराको जवाफ दिन मसँग समय छैन। मेरा मित्रलाई भन्छु- कथाले, शब्द जालले अहिलेको पुस्ता मान्नेवाला छैन। मिथ्या इतिहासले युवाहरूले मान्नेवाला छैन। अहिलेको डिजिटल दुनियाँमा,' उनले भने, तपाईँले राजा हटाएपछि नारायणहिटीमा कसले व्यापार गर्न खोज्यो? गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउनुभयो।' 

उनले गणतन्त्रमा केके लुट मच्चाइएको छ भन्नेबारे देखिरहेको पनि बताए। 

'तपाईंका किर्ते कुरा म भन्दा पछिल्लो पुस्ताले मान्दैन। विकास निर्माणको खर्च कति तपाईंको पेट भर्न गयो भन्ने हिसाब चाहियो,' उनले भने,'एयरपोर्ट बनाउको कुरा राम्ररी हेरेको छ। नेपाली जनतालाई भुटानी शर्णार्थी बनाएर बेचेको हेरिरहेको छ।'

उनले बेलायतमा राजा फालेर फेरि स्थापित भएको उदाहरण पनि पेस गरे। 
'व्यवहारमा सुधार नभएसम्म गणतन्त्रको विरोध जारी रहन्छ। बेलायतमा राजा निरंकुश भए भनेर फाँसीमै चढाए। गणतन्त्रवादीको चालचलन तपाईंहरूको जस्तै भएर राजाका छोरालाई ल्याएर गद्दीमा चढाए,' उनले भने, 'जनताले चाहे भने यो व्यवस्था जान्छ। 
१५ गतेको प्रदर्शनको जिम्मा सरकारको हो। छतमाथि बसेर म्याद सकिएको अश्रुग्यास किन बर्साइयो? न्यायीक छानबिन गठन होस्।'   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad