राजनीति


तीनकुने हिंसात्मक घटनाका योजनाकार ज्ञानेन्द्र शाह हुन्, उनीमाथि कारबाही होस्: रेखा शर्मा

तीनकुने हिंसात्मक घटनाका योजनाकार ज्ञानेन्द्र शाह हुन्, उनीमाथि कारबाही होस्: रेखा शर्मा

नेपालखबर
चैत १८, २०८१ सोमबार १३:८, काठमाडौँ

माओवादी केन्द्रकी सांसद रेखा शर्माले राजावादीको हिंसात्मक आन्दोलनका योजनाकार पूर्वराजा ज्ञानेन्द्र भएको भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग गरेकी छन्। 

आजको संसद् बैठकलाई सम्बोधन गर्दै शर्माले गएको शुक्रबार राजावादीको आन्दोलनको नाममा भएका हिंसात्मक घटनाका दोषिमाथि सरकारले कारबाही गर्नुपर्नेमा जोड दिइन्। 

‘त्यो हिंसात्मक आन्दोलनका कथित कमाण्डर दुर्गा प्रसाइँ भए पनि पर्दा पछाडि ज्ञानेन्द्र शाह छन्,’ उनले भनिन्, ‘अपराध गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ। संविधानमाथि कोही छैन। ज्ञानेन्द्र र दुर्गा प्रसाइँलाई सरकारले तुरुन्तै कानुनी कारबाहीको दायरामा ल्याओस्।’

उनले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा तीनकुनेमा राजावादीले अराजकता, आगजनी, हत्या, हिंसात्मक क्रियाकला गरेकाे भन्दै त्यसलाई छुट दिन नहुनेमा जोड दिइन्। 

उनले हजारौँको रगतले गणन्त्र स्थापना भएको भन्दै राजतन्त्रको विषयमा वहस गर्ने ठाउँ संसद नभएको बताइन्। 

‘अब पश्चगमनको पक्षमा कोही जान सक्दैन। संघीय लोकतान्त्रिक गणतन्त्रमा सुशासन, जनताको सेवा, जनताको अवस्था बदल्नुपर्छ। शुसासनको पक्षमा हामी सरकारलाई निरन्तर खबरदारी गरिरहेका छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad