राजनीति


प्रधानमन्त्रीलाई मनिष झाको प्रश्न– तपाईंको गृह प्रशासनले ४ हजारको भीड किन नियन्त्रण गर्न सकेन?

प्रधानमन्त्रीलाई मनिष झाको प्रश्न– तपाईंको गृह प्रशासनले ४ हजारको भीड किन नियन्त्रण गर्न सकेन?

नेपालखबर
चैत १८, २०८१ सोमबार १३:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं प्रवक्ता मनिष झाले तीनकुने घटनामा एक पक्षलाई दोष देखाएर सरकार पन्छिन लागेको बताएका छन्। 

संसद् बैठकमा बोल्दै सांसद झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तापक्षबाट भएको अराजकता पनि सम्झिन आग्रह गरे। 

उनले भने, ‘अहिलेको सत्तापक्षबाट भएको अराजकता सम्झिन आग्रह गर्न चाहन्छु। यस्तो नगरिदिनुस्!’

प्रधानमन्त्रीको चाहना विदेश भ्रमणमा धेरै भएको र अहिलेको राजनीतिक तरङ्ग बढी भएको भन्दै उनले यस्तो परिस्थितिमा आज मौन बसेको बताए। 

‘यद्यपि, प्रश्न बाँकी छ’, उनले भने, ‘अस्तिको घटनामा एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैन। सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्ने क्रममा तयारी पुगेन भन्नुभयो। स्वीकारेर मात्र हुँदैन, दुई जनाको ज्यान गयो। सम्पत्ति क्षति भयो।’

उनले गृहप्रशासन तीनकुने घटनामा पूर्ण चुकेको समेत बताए।  

‘प्रधानमन्त्रीको गृह प्रशासनले चार हजार किन नियन्त्रण गर्न सकेन?’, उनले प्रश्न गरे, ‘सविनलाई पछाडिबाट गोली हानिएको छ। उच्चस्तरीय छानबिन आयोगको माग गर्दछौँ।’

राजावादीको प्रदर्शनका क्रममा सबिन श्रेष्ठको प्रहरीको गोली लागी मृत्यु भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad