नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले नेपाल विद्युतप्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषय अदालतमा पेस गरिसकेको भन्दै प्रधानमन्त्रीले किन जवाफ दिएको भन्दै प्रश्न गरेका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो? भन्दै प्रश्न गरे।
‘कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो। हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं। सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौं। तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन? सभामुखले समय दिनुभयो किन? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन?,' उनले सोधे,'तर यसो भन्दै गर्दा पनि आम नागरिकलाई तिमी अदालतको फैसला चाहन्छौँ किन राजा भन्दै गर्दा नागरिकले अदालतको फैसला नै लोकतन्त्रमा सर्वोपरी हुन्छ भन्दै फैसला चाहन्छु भन्छन्।’
Shares

प्रतिक्रिया