संसद् बैठक सुरु भएको छ।
अहिले जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न थालेका छन्।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी अध्यक्ष प्रचण्ड पनि छन्।
प्रधानमन्त्री ओलीले आफ्नो आगामी थाइल्यान्ड भ्रमणबारे जानकारी गराइरहेका छन्।
‘भोलिदेखि मेरो थाइल्याण्ड भ्रमण हुँदैछ। पहिलो पटक कुटनीतिक भ्रमण हुन लागेको हो। नेपालको तर्फबाट पहिलोपटक कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण हुँदैछ। यो भ्रमण आफैँमा महत्वपूर्ण हो भन्ने म ठान्दछु’, उनले भने।
भोलि आफूसहित भ्रमण टोली बैंककतर्फ जाने उनले संसदलाई जानकारी दिए। थाइल्यान्डका राजासँग २० गते औपचारिक भेटवार्ता हुने उनको भनाइ छ। त्यसैगरी त्यहाँका प्रधानमन्त्रीसँग पनि कुरा हुने उनले बताए।
‘दुईवटा समझदारीमा हस्ताक्षर हुन्छ। दुईपक्षीय वार्तापछि संयुक्त प्रेस मिटमा सहभागी हुन्छु’, उनले भने।
Shares

प्रतिक्रिया