प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले १५ चैतमा काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका कारण भएको क्षतिलाई लिएर पूर्वराजाले उन्मुक्ति पाउन नहुने बताएका हुन्।
उनले यति बताएसँगै राप्रपाका सांसदले ओलीको विरोध गरेका थिए। त्यसपछि रिसाउँदै ओलीले भने, 'व्यवस्था मास्ने कुरा मैले यहाँ उठाएको छु। सबैले संविधान र व्यवस्था मान्नुपर्छ। हल्ला गरेको भरमा हुँदैन। आपराधिक घटनामा कसैले पनि उन्मुक्ति पाउनुहुन्न। पूर्वराजाले पनि पाउनुहुन्न।'
717
Shares

प्रतिक्रिया