दुईचोटि सुरु भएर स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।
संसद् सचिवालयका अनुसार भोलि बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो।
आइतबार बिहान ११ बजे बैठक सुरु भएको थियो। तर, विपक्षी दलहरुले कुलमान प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीबाटै जवाफ मागे पनि उनी उपस्थित नभएपछि बैठक बस्नै दिएनन्।
त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो भने पछि सूचना टाँस गरेर स्थगित भएको थियो। त्योसँगै आइतबार फेरि बैठक बस्न नसकेको हो।
120
Shares

प्रतिक्रिया