राजनीति


कृष्ण पहाडीले भने- तीनकुनेको आपराधिक कृत्य नियोजित, सूत्रधार ज्ञानेन्द्र

कृष्ण पहाडीले भने- तीनकुनेको आपराधिक कृत्य नियोजित, सूत्रधार ज्ञानेन्द्र

नेपालखबर
चैत १७, २०८१ आइतबार १७:३२, काठमाडौँ

अधिकारवादी नेता कृष्ण पहाडीले तीनकुनेमा राजावादीले मच्चाएको लुटपाट, तोडफोड र आगजनीको सूत्रधार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनीमाथि नै कारबाही हुनुपर्ने बताएका छन्।

मानव अधिकार तथा शान्ति समाजले गरेको एक कार्यक्रममा उक्त संस्थाका संस्थापक पहाडीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न माग गरेका हुन्।

पूर्वराजावादीको मोर्चाले काठमाडौँमा मच्चाएको 'लुटपाट, तोडफोड र आगजनीजस्ता नियोजित आपराधिक कृत्यका सूत्रधार' पूर्वराजा शाह भएकाले उनलाई कारबाही नभए अराजकता र हिंसाले बढावा पाउने दाबी पनि गरे।

अहिले राजतन्त्र पुनर्स्थापनाको माग गर्नेहरू सभ्यता र स्वतन्त्रताविरोधी भएको उनको भनाइ थियो।

नागरिक सर्वोच्चता र स्वतन्त्रता नै लोकतन्त्रको प्राण भएकाले नेपालमा अब राजतन्त्र पुनर्स्थापना असम्भव रहेको ठोकुवा पनि गरे।

प्रमुख राजनीतिक दलका नेताहरूप्रतिको वितृष्णालाई लोकतन्त्रविरोधीले भजाउन खोजेको भन्दै उनले थपे, ‘प्रमुख दलहरूको कमजोरीकै कारण युवा पुस्ता निराश हुँदै गएको छ। संविधान लागू भएको एक दशक बित्न लागेको सन्दर्भमा यसका कमी–कमजोरीबारे पुनरवलोकन स्वाभाविक प्रक्रिया हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad