राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँको तीनकुनेमा भएको क्षतिको जिम्मा सरकारले नै लिनुपर्ने बताएका छन्।
शुक्रबार राजावादी प्रदर्शनकारी उग्र हुँदा तीनकुनेमा रहेका व्यक्तिका घरमा ढुंगामुढा तथा आगजानी गरेका थिए। मिश्र पनि उनीहरूसँगै प्रदर्शनमा उत्रिएका थिए।
उनले आन्दोलन नरोकिएको पनि बताएका छन्। 'आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ,' उनले भने, 'कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु।'
उनले नेताहरूलाई भ्रष्ट पनि भनेका छन् र कहिलेसम्म सुरक्षा पाउने रहेछन् भन्दै चेतावनी पनि दिएका छन्।
'अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्' उनले भनेका छन्।
Shares

प्रतिक्रिया