राजनीति


गणतन्त्र रक्षाका लागि समाजवादी मोर्चाको प्रदर्शन (फोटो फिचर)

गणतन्त्र रक्षाका लागि समाजवादी मोर्चाको प्रदर्शन (फोटो फिचर)

सरोज नेपाल
चैत १५, २०८१ शुक्रबार १३:१४, काठमाडौँ

राजधानी काठमाडौँका विभिन्न क्षेत्रबाट समाजवादी मोर्चाको प्रदर्शन जारी छ।  समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा गर्दैछ। माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट र्‍याली निकाल्नेछ। माओवादी केन्द्रले निकालेको र्‍याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित सभा हुने स्थल पुग्नेछ।

माओवादी केन्द्रले नै सोह्रखुट्टेबाट पनि र्‍याली निकाल्ने छ। उक्त र्‍याली सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चमा पुग्नेछ।   

मोर्चामै रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकालेको छ। उनीहरूको र्‍याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै कार्यक्रम स्थल पुग्नेछ।

नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र्‍याली निकालेको छ। त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट नेकपा (एकीकृत समाजवादी)ले र्‍याली निकालेको छ।। मैतिदेवीबाट पुतलीसडक, पद्मोदय मोड हुँदै पुग्दैछ। 

मोर्चाले गणतन्त्र रक्षाका लागि प्रदर्शन गरेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad