समाजवादी मोर्चाले काठमाडौँमा गरेको प्रदर्शनलाई नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानीत नेता झलनाथ खनालले बहिष्कार गरेका छन्। प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने नेताको सूचीमा आफ्नो नाम नभएपछि खनालले बहिष्कार गरेका हुन्।
'सभालाई सम्बोधन गर्न चार नेताको मात्रै नाम रहेछ। त्यसो हुनाले हेर्ने, हिँड्ने मात्रै काम हो। म घरमै टेलिभिजनमै पर्याप्तमात्रामा हेरिरहेको छु,'उनले भने, 'प्रदर्शनमा मेरो समर्थन छ।'
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेसपा रहेका छन्। सभामा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द 'विप्लव' र महेन्द्रराय यादवले सम्बोधन गर्दैछन्।
264
Shares

प्रतिक्रिया