वीरगञ्जको ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघका बागी उम्मेदवार बिहीबार अध्यक्षमा निर्वाचित भएका छन्। कांग्रेसनिकट नेविसंघले टिकट नदिएपछि प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार यादव अध्यक्षमा निर्वाचित भएका हुन्।
यादव १११५ मतसहित निर्वाचित हुँदा नेविसंघका आधिकारिक उम्मेदवार विकास मण्डल धानुकले ६५३ मत मात्रै पाए।समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरिकिशोर यादवले ५६२ मत ल्याए।
अध्यक्षमा निर्वाचित यादव कांग्रेस नेता डा.शेखर कोइराला समूहनिकटका विद्यार्थी नेता हुन्।
504
Shares

प्रतिक्रिया