राजनीति


राजावादी आन्दोलनको ‘जनकमान्डर’ दुर्गा प्रसाईं

चैत १५ गते प्रदर्शन, २१ गतेदेखि आन्दोलन सशक्त पार्ने घोषणा
राजावादी आन्दोलनको ‘जनकमान्डर’ दुर्गा प्रसाईं

नेपालखबर
चैत १४, २०८१ बिहिबार १५:२९, काठमाडौँ

राजतन्त्र पुनर्थापनाका लागि राजावादीहरूले सुरु गरेको आन्दोलन चैत २१ गतेदेखि थपि सशक्त बनाउने घोषणा गरेका छन्।

नवराज सुवेदीको संयोजकत्वमा गठन भएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले बिहीबार एक अपील सार्वजनिक गर्दै चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने, १७ गते थप आन्दोलनको घोषणा गर्ने र २१ गतेदेखि सशक्त प्रदर्शन गर्ने जनाएको हो।

संयोजक सुवेदीले जारी गरेको अपीलमा संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अभियान थालिएको जनाएका छन्।

उनले नेपाली जनताको चाहना ‘राजतन्त्र’ अथवा राजाको शासन होइन, राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकाको ‘संवैधानिक राजसंस्था’ भएको स्पष्ट पार्दै ‘संवैधानिक राजसंस्थाकै परिकल्पना गरिएकोले राजसंस्था सँगसँगै देशमा राजनीतिक दलहरूको अस्तित्व रहनु पर्छ र त्यसका लागि बिना कुनै धनजनको क्षति बर्तमान राजनीतिक दलहरू शान्तिपूर्ण रूपमा सहमतिमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो’ भनेका छन्।

उनले वर्तमान संविधानमा सानातिना फेरबदल गरेर सम्भव छैन भन्दै २०४७ सालको संविधानलाई आधार मानेर २०७२ सालको संविधानका सकारात्मक प्रावधानहरूलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमति हुनुपर्ने जनाएका छन्।

सुवेदीले संयुक्त जनआन्दोलन समितिलाई सुझाव तथा सल्लाह प्रदान गर्नका लागि ‘नेपाल ऋषी’ डा. जगमान गुरुङ्गको संयोजकत्ववमा सल्लाहकार समिति रहने जानकारी दिएका छन्।
यस्तै, सांसद डा. धवल शमशेर राणा संयोजक रहको १,१११ सदस्यीय ‘आन्दोलन परिचालन समिति’ रहेको बताइएको छ।
 
नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमान्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिइएको सुवेदीले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad