आज (बिहीबार) पनि संसद्का दुवै सदनका बैठक बस्दै छन्।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजे सुरु गर्ने तालिका छ।
बुधबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक सुरु हुनासाथ नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी दलले अवरोध गरेपछि आज बस्ने गरी स्थगन गरिएका थिए।
विपक्षी दलले कुलमान बर्खास्तबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् चल्न नदिने अडान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेका छन्।
यस्तो छ प्रतिनिधि सभा बैठकको सम्भावित कार्यक्रम-

147
Shares

प्रतिक्रिया