पाल्पामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
बगनासकाली–७ नाच्नेडाँडाका स्थानीय ४२ वर्षीय दिलप्रसाद भट्टराईको रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बुधबार बिहान घाँस काट्न घर नजिकैको रुखमा चढेका भट्टराई अचानक रुखबाट खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ।
330
Shares

प्रतिक्रिया